नेपाल–भारत सीमा नाका खोल्न माग « Khabarhub

नेपाल–भारत सीमा नाका खोल्न माग


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा – नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

आज जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले भोलिदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्सिर २ र ३ गते ११ बजेदेखि १ बजे सम्म धर्नामा बस्ने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, सङ्घीय सभा, प्रदेशसभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

धर्नापश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाका मङ्सिर १ गतेदेखि खुल्ने आशमा रहेका जनता कात्तिक ३० गते सरकारले थप एक महिना बन्द गर्ने निर्णय गरेपछि आक्रोसित बनेका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ४ : ३० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका