कोरोना संक्रमित थप ३ जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमित थप ३ जनाको मृत्यु


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा – कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । हालसम्ममा जिल्लामा कोरोना सङ्क्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जना अन्य जिल्लाका रहेका छन् ।

आज मात्रै जिल्लाबाट २० जना सङ्क्रमणबाट मुक्त भइ घर फर्किएका छन् । यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा १ , पनौती नगरपालिकामा २ र नमोबुद्ध नगरपालिकामा २ जना रहेका छन् ।

हालसम्ममा जिल्लामा दुई हजार २४३ जनामा सङ्क्रमण देखिएकोमा एक हजार ७०३ जना निको भइसकेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५०९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ०७ बजे

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर