जबरजस्ती करणीका अधिकांश घटना बनावटी « Khabarhub

जबरजस्ती करणीका अधिकांश घटना बनावटी


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा पछिल्लो चार महिनाको अवधिमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् ।

पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जबरजस्ती करणीमा परिणत हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाले दिएको जानकारीअनुसार यो आर्थिक वर्षको श्रावण महिनादेखि हालसम्म कूल ११ जबरजस्ती करणीका जाहेरी मुद्धा दर्ता भएका छन् ।

तीमध्ये चार/पाँच मुद्धाका घटना सहमतिमा सबै काम भएका तर पछि जबरजस्ती करणीमा परिणत प्रकृतिका रहेका छन् । गत वर्ष जिल्लामा कम्तिमा पनि छ वटा यस्तै प्रकृतिका मुद्धा दर्ता भएको पाइएको छ ।

पछिल्लो समय जबरजस्ती करणीका घटना बढी नै आउने गरेका भए पनि केही मुद्धा कुरो नमिल्दा जबरजस्ती करणीको मुद्धा दर्ताका लागि आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।

सानै उमेरमा प्रेम गर्ने र त्यो सम्बन्ध पछि गएर शारीरिक सम्बन्धको तहमा पुग्ने गरेका कारण पनि जबरजस्ती करणीका घटनासम्म पुग्ने गरेको प्रहरीको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका जबरजस्ती करणीका कयौँ मुद्धामा युवायुवतीबीच आपसी लेनदेनको कुरा नमिलेर पनि मद्धा दर्ता गर्नुपर्ने समस्या आउने गरेको प्रहरीको बुझाइ छ ।

यहाँका घटेका घटनामा युवा र युवतीबीच विभिन्न शर्तमा रही शारीरिक सम्बन्ध स्थापित हुने र बिस्तारै युवकले भने अनुसारको शर्त पूरा नगरेमा युवतीले आफुमाथि बलात्कार गरेको आरोप लगाउने गरेका घटना पनि देखिन थालेको जोरायल गाउँपालिका–४ का स्थानीयवासी चित्रराज भट्टले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रदेश भरीमा आर्थिक लेनदेन वा अन्य स्वार्थ पुरा नहुँदा बलात्कारका घटनालाई अवास्तविक रुपमा ट्वीस्ट गरेर जाहेरी दिने गरेको पाइएको बताए ।

१८ वर्ष भन्दा मूनिका किशोरीसँग उनको सहमतिमै शारीरिक सम्बन्ध भएको भए पनि कानूनअनुसार त्यो बलात्कार नै हुने हुँदा त्यस्ता मुद्धामा कानूनअनुसार अनुसन्धान गर्न सबै मातहतका प्रहरी निकायमा आफुले दिर्नेशन दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : ०५ बजे

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम