अमेरिकी कम्पनी ‘मोडेर्ना’को कोरोना खोप करीब ९५ प्रतिशत प्रभावकारी « Khabarhub

अमेरिकी कम्पनी ‘मोडेर्ना’को कोरोना खोप करीब ९५ प्रतिशत प्रभावकारी


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको हो ।

यसअघि जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको बताइएको थियो । उक्त  खोप सन् २०२१ सम्म सबैका लागि उपलब्ध हुने पनि बताइएको थियो ।

यी खोप विकासको समाचारले महामारीविरूद्ध लड्ने आत्मविश्वास बढेर गएको बताइएको छ ।

मोडेर्नाको खोप विभिन्न चरण र प्रक्रियाअनुसार अमेरिकाका ३० हजार मान्छेमा परीक्षण  गरिएको बीबीसीले जनाएको छ ।

‘हामीले गरेका चरणबद्ध परीक्षणका आधारमा यो खोपको प्रभावकारिता धेरै राम्रो पाएका छौं,’ मोडेर्नाका प्रमुख मेडिकल अफिसर टल जाक्सका भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

कम्पनीले खोप प्रयोगको अनुमति पाएपछि सबभन्दा पहिले अमेरिकाका लागि २ करोड खोप उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार यो खोप कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा देशअनुसार फरक पर्नेछ ।

यसपछि आगामी वर्षसम्म संसारभरका देशका लागि करिब १ अर्ब खोप बनाउने पनि मोडेर्नाले जनाएको छ । आफ्नो खोप प्रयोगका लागि अनुमति दिन अरू देशसँग पनि सम्झौता गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : २५ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को