देवराज ईन्द्रले कस्का लागि बनाएका थिए संसारकै सबैभन्दा ठूलो यो मन्दिर ? « Khabarhub

देवराज ईन्द्रले कस्का लागि बनाएका थिए संसारकै सबैभन्दा ठूलो यो मन्दिर ?


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा त्यस्ता केहि मात्र मन्दिरुहरु छन्, जो एकदमै विशाल छन् । विश्वको सबैभन्दा ठूलो हिन्दू मन्दिर कम्बोडियाको अंकोरमास्थित अंकोरवाट मन्दिरमा रहेको छ । जसको पुरानो नाम यशोधरापुर रहेको छ ।

मीकांक नदीको किनारमास्थित सिमरिप शहरमा रहेको यस मन्दिर टाइम म्यागेजिनले ५ आश्चर्य वस्तुमा सामेल गरेको थियो ।

यो मन्दिर सैकडौं वर्ग मीलमा फैलिएको छ । यो मन्दिरका पालनहार भगवान विष्णुलाई मानिन्छ । त्यहाँका केही शासकहरुले त्यहाँ ठूला शिवका मन्दिरहरु निर्माण गराएका थिए ।

इण्डोनेशियाबासीहरु त यस मन्दिरलाई पानीमा डुबेको मन्दिर भन्ने गर्दछन् । यो मीन्दरको तस्वीर कम्बोडियाको राष्ट्रिय ध्वजमा पनि अंकित छ । साथै यो मन्दिरलाई मेरु पर्वतको प्रतिक पनि मान्ने गरिन्छ ।

यो मन्दिरको ढोकाहरुमा रामायण एवं महाभारत जस्ता पवित्र धार्मिक ग्रन्थको प्रसंगहरु चित्रण गरिएको छ । ठाउँ ठाउँमा अप्सराहरुको नृत्य मुद्रा, असुर तथा देवताको बीचमा भएको समुन्द्र मन्थनका दृश्यहरु चित्रित गरिएको छ ।

विश्वको लोकप्रिय पर्यटन स्थल भएकोले सन् १९९२ मा यूनेस्कोले यस मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

अंकोरवाट मन्दिर कसले बनाएका थिए । 

यो मन्दिरको निर्माण राजा सूर्यवर्मन द्वितीयले सन् १११२ देखि सन् ११५३ को बीचमा बनाएका थिए ।

मन्दिरको कार्य सूर्य वर्मन द्वितीयले प्रारम्भ गरेका थिए । तर यसको समापन धरणीन्द्र वर्मनको शासन कालमा भएको थियो ।

यो मन्दिर किंवदन्तीका अनुसार स्वयं देवराज ईन्द्रले बनाएका थिए । उनले महलको रुपमा आफ्ना पुत्रका लागि यो मन्दिर निर्माण एकै रातमा आफ्नो अलौकिक शक्तिले गरेको बताइन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ०० बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा