देवराज ईन्द्रले कस्का लागि बनाएका थिए संसारकै सबैभन्दा ठूलो यो मन्दिर ? | Khabarhub Khabarhub

देवराज ईन्द्रले कस्का लागि बनाएका थिए संसारकै सबैभन्दा ठूलो यो मन्दिर ?


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा त्यस्ता केहि मात्र मन्दिरुहरु छन्, जो एकदमै विशाल छन् । विश्वको सबैभन्दा ठूलो हिन्दू मन्दिर कम्बोडियाको अंकोरमास्थित अंकोरवाट मन्दिरमा रहेको छ । जसको पुरानो नाम यशोधरापुर रहेको छ ।

मीकांक नदीको किनारमास्थित सिमरिप शहरमा रहेको यस मन्दिर टाइम म्यागेजिनले ५ आश्चर्य वस्तुमा सामेल गरेको थियो ।

यो मन्दिर सैकडौं वर्ग मीलमा फैलिएको छ । यो मन्दिरका पालनहार भगवान विष्णुलाई मानिन्छ । त्यहाँका केही शासकहरुले त्यहाँ ठूला शिवका मन्दिरहरु निर्माण गराएका थिए ।

इण्डोनेशियाबासीहरु त यस मन्दिरलाई पानीमा डुबेको मन्दिर भन्ने गर्दछन् । यो मीन्दरको तस्वीर कम्बोडियाको राष्ट्रिय ध्वजमा पनि अंकित छ । साथै यो मन्दिरलाई मेरु पर्वतको प्रतिक पनि मान्ने गरिन्छ ।

यो मन्दिरको ढोकाहरुमा रामायण एवं महाभारत जस्ता पवित्र धार्मिक ग्रन्थको प्रसंगहरु चित्रण गरिएको छ । ठाउँ ठाउँमा अप्सराहरुको नृत्य मुद्रा, असुर तथा देवताको बीचमा भएको समुन्द्र मन्थनका दृश्यहरु चित्रित गरिएको छ ।

विश्वको लोकप्रिय पर्यटन स्थल भएकोले सन् १९९२ मा यूनेस्कोले यस मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

अंकोरवाट मन्दिर कसले बनाएका थिए । 

यो मन्दिरको निर्माण राजा सूर्यवर्मन द्वितीयले सन् १११२ देखि सन् ११५३ को बीचमा बनाएका थिए ।

मन्दिरको कार्य सूर्य वर्मन द्वितीयले प्रारम्भ गरेका थिए । तर यसको समापन धरणीन्द्र वर्मनको शासन कालमा भएको थियो ।

यो मन्दिर किंवदन्तीका अनुसार स्वयं देवराज ईन्द्रले बनाएका थिए । उनले महलको रुपमा आफ्ना पुत्रका लागि यो मन्दिर निर्माण एकै रातमा आफ्नो अलौकिक शक्तिले गरेको बताइन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ०० बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका