सचिवालय बैठक सार्नुपर्ने ओलीको प्रस्ताव लिएर महासचिव पौडेल पुगे खुमलटार « Khabarhub

सचिवालय बैठक सार्नुपर्ने ओलीको प्रस्ताव लिएर महासचिव पौडेल पुगे खुमलटार


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको थिए ।

आन्तरिक विवाद चुलिएका बेला बुधबार बोलाइएको सचिवालय बैठक केही दिन सार्नुपर्ने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बोकेर महासचिव पौडेले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेको स्रोतले जानकारी दियो ।

सचिवालय बैठकको एक दिन अघि मंगलबार बिहान अध्यक्ष दाहाल निवास पुगेका महासचिव पौडेलबीच आन्तरिक विवाद समाधानबारे छलफल भएको दुवै पक्षले बताएको छ ।

पार्टीभित्रको जारी विवादको समाधानको सूत्र खोजेर मात्रै पार्टी कमिटीका बैठक बस्नुपर्ने अध्यक्ष ओलीको प्रस्ताव महासचिव पौडेलमार्फत आएको अध्यक्ष दाहालको सचिवालयले बताएको छ ।

‘महासचिव पौडेलले भोलिका लागि बोलाइएको बैठक केही पर सारौं र सहमतिका लागि छलफल गरौं भन्ने अध्यक्ष ओलीको प्रस्ताव ल्याउनुभएको थियो,’ दाहालको सचिवालय स्रोतले भन्यो, ‘सचिवालयले नै तय गरेको बैठकको मिति भएकाले भोलि सचिवालयमा नै छलफल गरौंला भनेर अध्यक्षले भन्नुभएको छ ।’

महासचिव पौडेलले पार्टीका कार्यकारी अध्यक्षसँग भएको भेटमा उपलब्धि नभएको बताए । पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् ।

बुधबार (भोलि)का लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले ओलीमाथि आरोप नै आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद झन चर्किएको छ ।

पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्ष/विपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ११ : ४८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर