भ्रष्टाचार आरोपी पेरुका पूर्वराष्ट्रपतिले आफ्नै कन्चटमा गोली ठोके « Khabarhub

भ्रष्टाचार आरोपी पेरुका पूर्वराष्ट्रपतिले आफ्नै कन्चटमा गोली ठोके


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– ल्याटिन अमेरिकी मुलुक पेरुका पूर्व राष्ट्रपति अलान गार्सियाले आफ्नै कन्चटमा गोली हानी आत्महत्याको प्रयास गरेका छन् ।  ब्राजिलको निर्माण कम्पनी ओडब्रेक्टबाट ३ करोड अमेरिकी डलरभन्दा धेरै रकम घुस लिएको अभियोग लागेका पूर्व राष्ट्रपतिलाई प्रहरीले गिरफ्तार गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेका हुन् ।

उनको हाल राजधानी लिमामा रहेको कासिमिरो उलोआ अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उपचारपछि उनलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

भ्रष्टाचार प्रकरणमा मुछिएका गार्सियाले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । यद्यपि उनलाई उक्त रकम घुस दिएको बारे भने ओडब्रेक्ट कम्पनीले स्वीकार गरिसकेको छ ।

यसै अभियोगमा उनलाई गिरफ्तार गर्न प्रहरी खटाइएको थियो । तर, प्रहरीले गिरफ्तार गर्ने बेला उनले आफूले आफैँलाई कन्चटमा गोली ठोकेका थिए । उनले आफूविरुद्ध लागेको भ्रष्टाचारको अभियोग राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताउँदै आएका छन् ।

उनी सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म पेरुको राष्ट्रपतिको जिम्मेवारीमा थिए । पेरुका अधिकांश जीवित पूर्व राष्ट्रपतिहरु कुनै न कुनै भ्रष्टाचार प्रकरणमा मुछिएको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ०४ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने