भ्रष्टाचार आरोपी पेरुका पूर्वराष्ट्रपतिले आफ्नै कन्चटमा गोली ठोके « Khabarhub

भ्रष्टाचार आरोपी पेरुका पूर्वराष्ट्रपतिले आफ्नै कन्चटमा गोली ठोके


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– ल्याटिन अमेरिकी मुलुक पेरुका पूर्व राष्ट्रपति अलान गार्सियाले आफ्नै कन्चटमा गोली हानी आत्महत्याको प्रयास गरेका छन् ।  ब्राजिलको निर्माण कम्पनी ओडब्रेक्टबाट ३ करोड अमेरिकी डलरभन्दा धेरै रकम घुस लिएको अभियोग लागेका पूर्व राष्ट्रपतिलाई प्रहरीले गिरफ्तार गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेका हुन् ।

उनको हाल राजधानी लिमामा रहेको कासिमिरो उलोआ अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उपचारपछि उनलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

भ्रष्टाचार प्रकरणमा मुछिएका गार्सियाले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । यद्यपि उनलाई उक्त रकम घुस दिएको बारे भने ओडब्रेक्ट कम्पनीले स्वीकार गरिसकेको छ ।

यसै अभियोगमा उनलाई गिरफ्तार गर्न प्रहरी खटाइएको थियो । तर, प्रहरीले गिरफ्तार गर्ने बेला उनले आफूले आफैँलाई कन्चटमा गोली ठोकेका थिए । उनले आफूविरुद्ध लागेको भ्रष्टाचारको अभियोग राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताउँदै आएका छन् ।

उनी सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म पेरुको राष्ट्रपतिको जिम्मेवारीमा थिए । पेरुका अधिकांश जीवित पूर्व राष्ट्रपतिहरु कुनै न कुनै भ्रष्टाचार प्रकरणमा मुछिएको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ०४ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक