नेकपा सचिवालय बैठक सार्न ओली पक्षको प्रस्ताव « Khabarhub

नेकपा सचिवालय बैठक सार्न ओली पक्षको प्रस्ताव


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड-माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो ।

प्रधानमन्त्री ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

यसैबीच सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीपक्षको ‘कोर टीम’बीच मंगलवार बालुवाटारमा भएको छलफलमा नेताहरुले सहमति गरेर मात्र सचिवालय बैठक राख्नुपर्ने सुझाव दिएका छन्।

‘दुइअध्यक्ष मिल्नुको विकल्प छैन, हामीले प्रधानमन्त्रीलाई प्रचण्डसँग सिधै कुरा गर्न र आपसी सहमतिमा बैठक पछि सार्नुको विकल्प छैन भनेर सुझाव दिएका छौं’ एक नेताले भने ।

छलफलमा ओलीसहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी भएको जनाइएको छ ।

ओली पक्षका नेताहरुले प्रचण्डले पेश गरेका प्रस्ताव फिर्ता नगर्दासम्म कुनै कमिटीको बैठक बस्न नसक्ने बताउँदै आएका छन् । ओली पक्षले प्रचण्डको पत्र पार्टीमा छलफल नहुने भन्दै फिर्ता लिन दवाव दिएको छ ।

प्रचण्डसहित माधव नेपाल, झलनाख खनाल, वादेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो पत्र आफूहरुको सामूहिक भन्दै फिर्ता नगर्ने अडान लिएका छन् ।

प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षको दवाव र फिर्ता नगर्ने प्रचण्ड पक्षको अडानका कारण भोलिका लागि पूर्वनिर्धारित सचिवालय बैठक प्रभावित हुने संकेत देखिएको छ ।

उता प्रचण्ड पक्षले भने बुधबार बैठक बसेर बैठक सार्ने/नसार्ने विषयमा त्यहीँबाट निर्णय गर्नुपर्ने जवाफ दिएको एक नेताले बताए ।

बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्ड पक्षको अडान छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई झुठको संज्ञा दिँदै जवाफ नदिने बताएका छन् ।

सचिवालय बैठक बोलाउन मागगर्दै सचिवालयका बहुमत सदस्यले कात्तिक २२ गते लिखित पत्र दिएपछि कात्तिक २८ मा सचिवालय बैठक बसेको थियो । शुक्रवार केहीबेरका लागि बसेर सचिवालय बैठक बुधवार सम्मका लागि स्थगित भएको थियो ।

राजदूत सिफारिश, मन्त्रिपरिषद् विस्तार लगयतका विषयलाई लिएर नेकपामा चुलिएका विवाद प्रचण्डको पत्रसंगै नयाँ चरणमा प्रवेश गरेको छ ।

यो पनि पढौं

सचिवालय बैठक सार्नुपर्ने ओलीको प्रस्ताव लिएर महासचिव पौडेल पुगे खुमलटार

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ४ : १८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना