विभागको टोलीद्वार एसओएस म्यानपावरमा छापा, कागजात जफत « Khabarhub

विभागको टोलीद्वार एसओएस म्यानपावरमा छापा, कागजात जफत


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक रावश्व अनुसन्धान विभागको टोलीले राजधानीको चक्रपथस्थित एसओएस म्यानपावर कम्पनीमा छापा मारेको छ ।

बुधबार अपराह्न विभागको टोलीले सो म्यानपावरमा छापा मारी केही महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

विभागले कर छलीको आरोपमा राजधानीका आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीमाथि अनुसन्धान जारी राखेकाे महानिर्देशक मैनालीले बताए ।

म्यानपावरले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा कर छली गरेको पाइएपछि उनीहरुलाई कारबाहीकाे दायरामा ल्याउन विभागले अनुसन्धान जारी राखेको उनले बताए ।

म्यानपावरले विदेशमा कामदार पठाएको विवरण यथार्थ नबुझाएको तथा ठूलो मात्रामा राजश्व छली गर्ने गरेको विभाग श्रोतको भनाइ छ ।

म्यानपावरहरुले वार्षिक आय र कारोबार वैदेशिक रोजगार विभागमा बुझाउँदा पनि थोरै मात्र देखाएर बुझाउने गरेको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ३६ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम– बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई

श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ

सुर्खेत– सुर्खेतमा श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमानलाई प्रहरीले

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

सुदूरपश्चिम– बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको