राजा हरिश्चन्द्र जसले श्रीमती र छोरालाई किन बेचे ? « Khabarhub

राजा हरिश्चन्द्र जसले श्रीमती र छोरालाई किन बेचे ?


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भगवान श्रीरामको वंशमा हरिश्चन्द्र नामका एक राजा थिए । उनी आफ्नो सत्यनिष्ठा र इमान्दारीताका कारण प्रख्यात थिए । एक पटक देवताहरुले उनीमाथि परीक्षा लिने सोचे ।

योजना अनुसार राजाले स्वप्नमा ऋषि विश्वामित्रले आफ्नो सारा राजपाट दान गरेको देखे । त्यसको भोलिपल्ट राजा सबै राजपाट छोडेर निस्किन लागेका थिए ।

त्यहि बेला विश्वामित्रले दक्षिणास्वरुप ५०० स्वर्ण मुद्रा मागे । त्यसपछि राजाले भने ५ सय किन रु तपाई जति चाहानुहुन्छ त्यति लिनूहोस् ।

त्यसपछि विश्वामित्रले भने राजपाट दान गरिसकेपछि सबै राजकोष मेरो भइसक्यो, मलाई तपाइँले दिने छुट्टै दक्षिणा दिनुहोस् ।

किन बेचे श्रीमती र छोरो ?

आफ्नो बचन पूरा गर्न उनले आफ्नी श्रीमती र छोरालाई बेचे । तर पनि उनले ५ सय स्वर्ण मुद्रा पाएनन् । उनले स्वयंलाई बेचे र सबै मुद्रा विश्वामित्रलाई दिए । उनले आफूलाई श्मशान घाटमा काम गर्नेलाई बेचेका थिए ।

त्यसपछि उनी त्यही क्षेत्रमा काममा लागे । समय बित्दै गर्दा उनको छोराको मृत्यु भयो । उनकी श्रीमती छोराको शव लिएर घाटमा पुगिन् ।

त्यो बेला राजाले जलाउनको लागि कर मागे । महिलासँग कर तिर्ने पैसा भएन । त्यसपपछि त्यहाँ पनि उनी सत्यको बाटोमा देखिएपछि भगवान स्वयं प्रकट भएर उनलाई इतिहासमा अमर रहने वरदान दिएका थिए ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ४७ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ