पोखरा र वुटवलमा थप दुई संक्रमितको मृत्यु « Khabarhub

पोखरा र वुटवलमा थप दुई संक्रमितको मृत्यु


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्की र रूपन्देहीका थप दुई संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–७, रुपन्देही निवासी ४० वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

उनी ज्वरो र श्वासप्रश्वासमा समस्या आई कात्तिक २६ गते अस्पतालमा भर्ना भएका थिए । उनको कात्तिक २५ गते कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।

यस्तै पोखरामा पनि थप एक संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचाररत स्याङजा पुतलीबजार १३ का ४६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानमा उपचाररत उनको बुधबार बिहान १ बजे  उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  २ : २६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ