पोखरा र वुटवलमा थप दुई संक्रमितको मृत्यु « Khabarhub

पोखरा र वुटवलमा थप दुई संक्रमितको मृत्यु


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्की र रूपन्देहीका थप दुई संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–७, रुपन्देही निवासी ४० वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

उनी ज्वरो र श्वासप्रश्वासमा समस्या आई कात्तिक २६ गते अस्पतालमा भर्ना भएका थिए । उनको कात्तिक २५ गते कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।

यस्तै पोखरामा पनि थप एक संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचाररत स्याङजा पुतलीबजार १३ का ४६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानमा उपचाररत उनको बुधबार बिहान १ बजे  उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  २ : २६ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको