पूर्वमन्त्री बाँस्कोटाको ब्यंग्य : ‘ब्याटलग्राउण्ड’ किस्सा ‘कोल्डवार’ तिर, कथाकारलाई सास्ती ! « Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको ब्यंग्य : ‘ब्याटलग्राउण्ड’ किस्सा ‘कोल्डवार’ तिर, कथाकारलाई सास्ती !


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला पूर्वमन्त्री तथा नेकपा नेता गोकुल बाँस्कोटाले ‘ब्याटलग्राउण्ड’ किस्सा अब ‘कोल्डवार’ कथातिर मोडिने बताएका छन् ।

उनले ट्वीट गर्दै अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो भनेर समेत ब्यङ्ग्य गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- ‘ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिने छन्, अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो।’

आजको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएका आरोपहरुको तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए ।  उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएका थिए । सोही अनुरुप सचिवालय बैठक दश दिनका लागि स्थगित गरिएको छ ।

सचिवालय बैठक १० दिनका लागि स्थगित भएपछि नेता बाँस्कोटाले समेत सामाजिक सञ्जालमा यस्तो ब्यंग्य गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै