साउदी अरबमा १५ महिनादेखि ४ नेपालीको बिचल्ली, न काम न दाम ! « Khabarhub

साउदी अरबमा १५ महिनादेखि ४ नेपालीको बिचल्ली, न काम न दाम !



दोहा : साउदी अरबमा १५ महिनादेखि ४ नेपाली बिचल्लीमा परेका छन् ।

धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी पुगेका उनीहरु १५ महिनादेखि अलपत्र परेका हुन् ।

एजेन्टमार्फत पाँच बर्षअघि साउदीस्थित कवाबल कन्ट्याकटिङ कम्पनीमा पुगेका उनीहरू करार अवधि सकिएपछि पनि कम्पनीले घर नपठाएको बताउँछन् ।

कम्पनीले साउदीको आवासीय अनुमति पत्र (अकामा) पनि  नबनाइदिएको तथा काम गरेको पारिश्रमिक पनि नदिएको बिचल्लीमा परेका अर्जुन थापा मगरले खबरहबलाई बताए ।

सम्झौता अवधि सकिँदा पनि कम्पनीले घर नपठाएको भन्दै उनीहरूले एघार महिना अघि नै साउदी लेवर कोटमा उजुरी दिए । तर अहिलेसम्म कुनै सुनवाई नभएको अर्का पीडित रूद्र बहादुर श्रेष्ठले बताए ।

‘ऋण काढेर बिदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुंगो छैन,’ श्रेष्ठले भने, ‘सात महिना काम गरेको पारिश्रमिक कम्पनीले दिएको छैन । काम बिहिन भएर बसेकै १५ महिना भयो।’

कम्पनीले पटक पटक पारिश्रमिक दिन्छु भोली दिन्छु भन्दै ढाँटेको उनीहरू बताउँछन् । काम गर्ने करार अवधि सकिँदा पनि कम्पनीले घर नपठाइँदा आफूहरू गैरकानुनी हैसियतमा पुगेको श्रेष्ठले बताए ।

कम्पनीले उपलब्ध गराएको कोठा पनि छोड्न दवाब दिएको र पानी तथा विद्युत पनि काटिदिँदा केही समय तनावमा गुजार्नु परेको उनीहरू बताउँछन् ।

कामका लागि पुनः सम्झौता पनि नगर्ने यसअघि काम गरेको पारिश्रमिक पनि नदिने कम्पनीले व्यवहारले आफूहरू बन्धकझैँ भएको अलपत्र परेका मगरले गुनासो गरे ।

अहिले कम्पनी राम्रोसंग चलिरहे पनि लेवरकोटमा उजुरी दिएको कारण देखाएर आफूहरूलाई कम्पनीले काम पनि नदिएको तथा घर पनि नपठाएको उनीहरू बताउँछन् ।

साउदीस्थित नेपाली दूतावासमा समस्या दर्साउँदा दूतावासले पनि कागजात लिने बाहेकको काम नगरेको मगरले बताए ।

‘दूतावासले ह्वाट्सएपमार्फत हामीले लेवरकोटमा हालेको उजुरीको कागजात लियो, तर अहिलेसम्म त्यसको रेस्पोन्स गरेन,’ मगरले भने ।

लामो समयदेखि काम बिहिन हुँदा खान बस्नकै समस्या भएकाले उनीहरूले नेपाल सरकार, नेपाली दूतावास लगायतका निकायलाई अनुरोधसमेत गरेका छन् ।

नेपालीहरू अलपत्र परेको सूचनापछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले समन्वय सुरू गरेको छ । परिषद्का साउदी अरब अध्यक्ष तेज थापाका अनुसार  पीडितहरुसंग सम्पर्क गरिएको र उद्धारको प्रकिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : १७ बजे

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई