निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने एक जना पक्राउ « Khabarhub

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने एक जना पक्राउ


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकमा भिडियो बनाएर अपलोड गरी चर्चामा आएकी निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल टिकटकमा निकिशालाई दुर्व्यवहार गरेको भिडियो अपलोड गरेका विशेष जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले भक्तपुरको टौमढीबाट पक्राउ गरी साइबर ब्यूरोलाई बुझाएको हो ।

निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

मोटरसाइकलमा सवार युवाले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानबिन र अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिले यो भिडियो खिचेको हो या होइन भन्ने अझै पुष्टि भइसकेको छैन । अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सार्वजनिक भएको भिडियो निकिशालाई बाटोमा हिँडिरहेका बेला युवाले जिस्काउँदै अपमानजनक शब्द प्रयोग गर्छ । आफू दुर्व्यवहारमा परेपछि निकिशाले ती युवालाई लखेट्न खोजेको भिडियोमा देखिन्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १ : ४६ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत भन्दाको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको