पाल्पामा बम विस्फोट, बागलुङमा बम भेटियो | Khabarhub Khabarhub

पाल्पामा बम विस्फोट, बागलुङमा बम भेटियो


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।

गाउँपालिकको वडा नम्बर ३ को वडा सचिव बस्ने कोठा छेऊमा विस्फोट गराइएको छ । विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहोसमेत केही चर्किएको गाउँपालिका प्रवक्ता विष्णु खनालले जानकारी दिए ।

राति साढे १ बजे विस्फोट भएको स्थानीयहरुले बताएका छन् । मोटरसाइकलको टायरमा बनाइएको सुतली बम पड्काएरको प्रराम्भीक अनुसन्धानबाट खुलेको छ भने शंकास्पद एक जनालाई प्रकाऊ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बम डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ लागेको प्रहरीले जनाएको छ ।

नेत्र विक्रम चन्द विप्लवका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहले विभिन्न आन्दोलन गर्ने घोषणा गरेको थियो । सोही आन्दोलन अन्तर्गत बम राखिएको हुनसक्ने आशंका गरिएपनि अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन् ।

विप्लव समूहले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।
विप्लव समूहमाथि निक्कै आक्रमक बनेको सरकारले विभिन्न गतिविधिमा संलग्न विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ पनि गरेको छ।

यसैबीच पूर्वीनवलपरासीको देवचुलीस्थित चौधरी ग्राम उद्योगमा हिजो (बुधबार) बम विस्फोट भएको छ । बोत्तलमा बारुद भरेर उद्योग भित्र फालिएको र सोही बारुद भएको बोत्तल विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) का डीएसपी रमेश थापाले जानकारी दिए ।
विस्फोटबाट ठूलो क्षति भएको छैन। घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ७ : ५१ बजे

रामकुमारीदेखि किसानसम्मलाई भोलि ओलीले एमालेमा स्वागत गर्ने

काठमाडौँ– नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री

सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम