४४२ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

४४२ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४४२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६२ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६१ जना छन् भने ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ३ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै प्रदेश २ मा ११ जना आइसियु र १ जनाको भेन्टिलेटरमा उपचा भइरहेको छ भने सुदूरपश्चिममा ६  जनाको आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी  गण्डकी प्रदेशमा ८९ जना आइसियुमा र १४ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा १० जनाको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको हो ।

 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ६ : २८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित