कुवेतमा अलपत्र २७ नेपालीको उद्धार « Khabarhub

कुवेतमा अलपत्र २७ नेपालीको उद्धार


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोभिड–१९ का कारण विगत ८ महिनादेखि कुवेतस्थित अल राकिब बिल्डिङ जनरल कन्ट्र्याक्टिङ कम्पनीमा अलपत्र परेका २७ नेपालीहरुको उद्धार गरिएको छ ।

कुवेतस्थित नेपाली दूतावासले टिकटको व्यवस्था  र स्वदेश फिर्तिको कानूनी पहलकदमी गरेर उनीहरुको उद्धार गरिएको गैर आवासीय नेपाली संघ आइसीसी कुवेतका सदस्य अमित चाम्लिङ राईले जानकारी दिए ।

दूतावास र सरोकारवालाहरुसँगको निरन्तर फलोअप र ४ महिनापछिको अथक प्रयासपछि उनीहरु फ्लाई दुबईको उडानमार्फत स्वदेश फर्किएको राईले बताए ।

कोरोनाको कारण देखाउदै कम्पनीले पारिश्रमिक नदिएपछि पीडित बनेका उनीहरुले कुवेतस्थित लेबरकोर्टमा उजुरी गरेका थिए ।

सोही उजुरी अनुसार कोर्टले कम्पनीका मालिक, नेपाली दूतावासका प्रतिनिधि र पीडित श्रमिकहरुलाई बोलाएर छलफल गरेका थियो ।

काठमाडौँस्थित एस आरके म्यानपावरबाट बाट जनही १ लाख ५० हजार बढी रकम तिरेर आफूहरु कुबेत पुगेको उनीहरुले बताएका छन् ।

कामबिहीन बनेर अलपत्र परेको उनीहरुलाई एनआरएनए कुवेत र विभिन्न संघ सस्थाले खाद्यान्न लगायतको राहत सामग्री उपलब्ध गराउँदै आएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : ५८ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका