राष्ट्रपतिका उम्मेदवार पक्राउ गरिपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु « Khabarhub

राष्ट्रपतिका उम्मेदवार पक्राउ गरिपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको छ ।

बिहीबार भएको प्रदर्शन हिंसामा परिणत भएको छ । प्रदर्शनकारीहरू आगजनी र तोडफोडमा उत्रिएपछि भएका झडपमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार सोमबारसाँझबाट शुरु भएको प्रदर्शनमा अरू ४५ जना घाइते भएको प्रहरी प्रवक्ता फ्रेड एनानगाले बताएका छन् ।

प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यद्यपि वाइनका समर्थकहरुले प्रहरीलाई नै आक्रमण गरिरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ ।त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।

युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा वाइन पनि एक उम्मेदवार हुन् । उनी विपक्षी राजनीतिक दलको नेता पनि हुन् ।

युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी हालका युगान्डाका राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्धन्द्धी हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ४५ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी