काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो « Khabarhub

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशभरको तपाक्रम घट्दै गएको छ ।

तापक्रम घट्दै जाँदा चिसो बढेको महशुस भइरहेको छ ।

उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहेको छ ।

दिउँसो पनि उच्च पहाडी र हिमाली एक दुई स्थानको मौसम बदली हुनेछ ।

महाशाखाकी मौसमबिद् शान्ति कंडेलका अनुसार मौसम बदली गराई वर्षा र हिमपात गराउने प्रणाली सक्रिय नभएका कारण मौसम सफा रहनेछ।

तर, बिहानी र बेलुकापख भने तराई भेगमा हल्का हुस्सी तथा  तुँवालो देखिनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : ०२ बजे

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर