चाडपर्वका समयमा दुर्घटना बढी « Khabarhub

चाडपर्वका समयमा दुर्घटना बढी


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो । साउनमा आठ, भदौमा तीन र असोजमा नौ जनाको मृत्यु भएको छ ।

चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए ।

तीमध्ये १८३ सवारी संलग्न छन् । गत आव २०७६/७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको थियो ।

सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको भट्टले बताए । उनका अनुसार चालकको लापरवाही, उछिन्दा (ओभरटेक), यात्रुको गल्ती, खराब सडक र यान्त्रिक गड्बडीका कारण दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ११ : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु