एनएमबि बैंकमा २४ घण्टा र ७ दिन भाइबर, फेसबुक र एनएमबि ई-एपबाट खाता खोल्न सकिने « Khabarhub

एनएमबि बैंकमा २४ घण्टा र ७ दिन भाइबर, फेसबुक र एनएमबि ई-एपबाट खाता खोल्न सकिने


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता÷मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ ।

ग्राहकहरुले २४ अ‍ै घण्टा र ७ अ‍ै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ । बचत खाता एनएमबिको सोशल अनबोर्डिङ्ग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन रु. ५,००० सम्म हुने व्यवस्था गरिएको छ ।

ग्राहकवर्गले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट रु. ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराईएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न २४ अ‍ै घण्टा बचत खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

हालको परिप्रेक्ष्यमा यो सेवा मार्फत सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वपूर्ण योजना हो ।’

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ३ : ०० बजे

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित