छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेछ – उपराष्ट्रपति « Khabarhub

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेछ – उपराष्ट्रपति


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने छठका अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिकरुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनाका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन् ।”

विश्वव्यापी महामारी कोभिड–१९ का कारण यस वर्ष विगतजस्तो उल्लासमय वातावरणमा हुन नसक्ने भए पनि स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले यस पवित्र पर्वले कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ११ : ४० बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा