कोरोना कहर : क्यालिफोर्नियामा घरमै बस्न आदेश « Khabarhub

कोरोना कहर : क्यालिफोर्नियामा घरमै बस्न आदेश


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।

क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

शनिबारदेखि लागू हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन् । “हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ,” क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने ।

क्यालिफोर्नियामा अहिलेसम्म दश लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १ : ३१ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र