थप ३ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

थप ३ कोरोना संक्रमितको मृत्यु


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । विराटनगरमा उपचाररत ३ जनाको मृत्यु भएको हो ।

मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६:५० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार कोरोना पुष्टि भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । वृद्धमा २७ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७:३० बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १ : १७ बजे

एक सातामा १ सय ८२ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ७ हजार ५ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु

कैलालीमा धान उत्पादन घट्यो

कैलाली– कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ ।

बारपाक–लाप्राक सडकखण्डमा सवारी आवागमन बन्द

गोरखा– गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको

दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीले गरिन् दुःख व्यक्त

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गरेकी

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर– गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म सञ्चालन