नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच धुम्बाराहीमा छलफल « Khabarhub

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच धुम्बाराहीमा छलफल


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको भेटवार्ता भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टी भित्रको गतिविधिका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टीमा बढिरहेको तीव्र विवादका विषयमा नेताहरुबीच छलफल भएको हो । महासचिव पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भेट्न खोजेपछि दुवैसँग धुम्वाराहीमै छलफल गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएपछि नेताहरुबीचको भेटवार्ता पनि बाक्लिएको छ ।

अध्यक्ष ओलीले मनोमानी रुपमा पार्टी र सरकार चलाएको भन्दै बहुमत सचिवालय सदस्य रुष्ट छन्। कार्यकारी अध्यक्ष प्रचण्डले विभिन्न आरोपसहित प्रतिवेदन पेस गरेका छन्।

सोही पत्रको जवाफका लागि अध्यक्ष ओलीले १० दिनको समय मागेका छन्। पार्टीमा देखिएको विवादलाई सहजीकरण गर्न कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : ४८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित