प्रशासनबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य « Khabarhub

प्रशासनबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– जिल्ला प्रशासन कार्यालय पाँचथरले सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै विभिन्न छ प्रकारका सेवा लिन आउँदा परिचयपत्रको फोटोकपी अथवा उक्त परिचयपत्रका लागि विवरण दर्ता गराएको सुनिश्चित पेजको फोटोकपी सम्लग्न राख्नुपर्ने जनाएको छ ।

कार्यालयले राहदानी बनाउन तथा लिन, आदिवासी जनजाति सिफारिस लिन, सङ्घ संस्था दर्ता तथा नवीकरण गर्न, पारिवारिक विवरण तथा नाता प्रमाणित गर्न र नाबालक सिफारिस गर्ने अभिभावकका साथ उक्त सामग्री सम्लग्न राख्नुपर्ने प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार सरकारले वित्तीय संस्थामा खाता खोल्न, चलअचल सम्पत्ति बिक्री गर्न, सामाजिक सुरक्षा भत्ता लिन, शेयर खरिद बिक्री गर्न, लोकसेवा आयोगको फाराम भर्न, राहदानी बनाउन, पानी, विद्युत् तथा टेलिफोनको विल तिर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागेकाले नागरिकता प्राप्त सबै व्यक्तिका लागि कार्यालयमा उक्त व्यवस्था गरिएको हो ।

परिचयपत्रको विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरणको काम जिल्लाबाट शुरुआत भएको थियो । यसको प्रयोग अनिवार्य गर्ने कार्यको शुरुआत पनि जिल्लाबाटै हुन लागेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ३ : २६ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व