चालु आवमा सडक बालबालिकामुक्त राष्ट्र घोषणा गरिने | Khabarhub Khabarhub

चालु आवमा सडक बालबालिकामुक्त राष्ट्र घोषणा गरिने


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सडक बालबालिकामुक्त राष्ट्र निर्माणमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

अन्तरराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्द्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले संवैधानिकरुपमा सुनिश्चित बालबालिकासम्बन्धी अधिकारलाई व्यावहारिकरुपमै प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बालबालिकाका लागि दशवर्षे रणनीति बनाउने तयारी भइरहेको जानकारी दिँदै प्रदेश र स्थानीय तहमा बालबालिकासम्बन्धी संरचना निर्माण गर्नुपर्ने बताए ।

परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ भइसकेपछि हालसम्म ३० वर्षका अवधिमा बालअधिकारको संवैधानिक सुनिश्चित हुनाका साथै कार्यान्वयनका लागि संरचनालगायत विकास भएको बताए ।

उनले चालु आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने योजना रहेको जानकारी दिँदै बालविवाह, बालश्रम शोषण तथा बालबालिका बेचबिखन मुख्य चुनौतीका रुपमा देखा पेरेको बताए । विसं २०६८ को जनगणनानुसार १८ वर्षमुनिका बालबालिकाको जनसङ्ख्या ४२ प्रतिशत छ ।

यसैबीच न्यायका लागि मानव अधिकार नामक संस्थाले सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिन र दोषीलाई कारवाही गर्न माग गरेको छ । सो संस्थाले द्वन्द्वपीडितलाई न्याय र दोषीलाई कारवाहीका लागि आवश्यक कानून, प्रभावकारी आयोग बनाउन र न्याय सुव्यवस्था कायम गरी दण्डहीनताको अन्त्य गर्न माग गरेको छ ।

पीडकमाथि कानूनी दण्ड तथा पीडितको परिपूरण, स्वास्थ्योपचार र जीवनयापनको सुनिश्चितताको जिम्मा सरकारको भए पनि शान्ति सम्झौता भएको १४ वर्षका अवधिमा सकारले पीडितलाई झुक्याउने र थकाउने कामबाहेक केही नगरेको संस्थाले आरोप लगाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ३ : ४६ बजे

लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत–चीनको सहमतिप्रति विद्यार्थी संगठनहरूको विरोध

काठमाडौं– भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय

१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे

गौर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग

काठमाडौं – सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँदिल्ली – भारतले आफ्नो पहिलो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अग्नि–५ को

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको