उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल समूहलाई निर्यात व्यवसायीको साथ « Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल समूहलाई निर्यात व्यवसायीको साथ


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई सहयोग गर्ने भएको छ।

फिनले आज काठमाडौंमा ढकाल टिमलाई स्वागत गर्दै आफ्नो मातहतका ११ वटा वस्तुगत संघका अध्यक्षहरूले खुला रूपमा सो टिमलाई मतदान गर्ने उद्घोष गरेको हो।

कार्यक्रममा फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरूङले वस्तुगत सदस्यहरूको हितका लागि ढकाल र उनको टिमलाई जिताउनुपर्ने बताए।

उनले सरकारले व्यवसायीको समस्या समाधानमा लागि बेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउन ढकालको टिमलाई जिताउनुको विकल्प नरहेको बताए।

फिनमा निर्यात क्षेत्रका कार्यरत ११ वटा वस्तुगत संस्थाहरू छन्। जसमा नेपाल गलैँचा निर्यात संघ, गार्मेण्ट एसोसिएसन, नेपाल पश्मिना उद्योग संघ, नेपाल हाते कागज संघ र नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघ छन्।

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादक संघ, अलैँची उत्पादक संघ, अदुवा प्रशोधन तथा व्यापार संघ, नेपाल बोटल वाटर उद्योग संघ र सिल्क एसोसिएसनसमेत फिनमा आबद्ध छन्।

कार्यक्रममा ती सबै संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : ०१ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व