क्यानले बोलायो २२ खेलाडीलाई बन्द प्रशिक्षणमा « Khabarhub

क्यानले बोलायो २२ खेलाडीलाई बन्द प्रशिक्षणमा


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगमी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै २२ जना राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

मंसिर दोस्रो सातादेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षणका लागि क्यानले २२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

क्यानले राष्ट्रिय टिमका व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै २२ खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका २० र थप दुई गरी २२ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिने भएको हो । सेन्ट्रल कन्ट्रयाक्टमा नभएकामध्ये किशोर महतो र भुवन कार्कीलाई पनि सूचीमा राखिएको छ ।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै तथा हालको अवस्थामा नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपाय एवं सुरक्षा नीतिको अबलम्बन गर्दै मंसिर १० गतेदिख काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ ।

प्रशिक्षणका लागि मंसिर ८ गते पिसिआर परिक्षण गरिने भएकोले छनोट भएका २२ खेलाडीलाई र प्रशिक्षकलाई उक्त मितिभित्र क्यानमा सम्पर्कमा आउन पनि सूचित गरिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आउने खेलाडीहरुलाई मात्र बन्द प्रशिक्षण शिविरमा समावेश गरिने पनि क्यानले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडी

ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, सुसन भारी, पवन सरार्फ, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषावकर, विनोद भण्डारी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, पारस खड्का, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल, राशिद खान र किशोर महतो ।

प्रशिक्षक : जगत टमाटा

यस्तो छ पत्र

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : १८ बजे

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध