यस्ता छन् भगवान श्रीरामका भाइ शत्रुघ्नका खास रहस्य ! « Khabarhub

यस्ता छन् भगवान श्रीरामका भाइ शत्रुघ्नका खास रहस्य !


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार अयोध्याका राजा दरशरथका कौशल्या, सुमित्रा र कैकेयी गरी तीन वटी श्रीमती थिए ।

उनीहरुबाट चार पुत्र जन्मिए । त्यस मध्ये ज्येष्ठ पुत्र थिए भगवान श्रीराम । रामका तीन भाइ थिए । लक्ष्मण भरत र शत्रुघ्न । राम कौशल्याका पुत्र थिए भने सुमित्राका पुत्र लक्ष्मण र शत्रुघ्न थिए ।

त्यस्तै कैकेयीका पुत्र थिए भरत । शत्रुघ्न चार दाजु भाइमध्ये सबैभन्दा कान्छा थिए । श्रीरामका दुई बहिनी पनि थिए, शान्ता र कुकबी ।

आज हामी तपाईलाई राजा दशरथका कान्छो छोरा शत्रुघ्नको बारेमा केही रहस्यमय कुरा जानकारी दिदैछौँ-

१. राम वनवास गएपछि शत्रुघ्नले राजा भरतको सेवा गरेका थिए । उनले सबैलाई छोडेर दाजुको सेवामा तल्लिन हुनु नै आफ्नो कर्तव्य सम्झिए ।

२. मन्थराको कारण नै भगवान श्रीराम वनवास जानुपरेको खबर थाहा पाएपछि उनले लात्तिले हानेर मन्थरा तोडेका थिए ।

३. शत्रुघ्नकी श्रीमतीको नाम श्रुतकीर्ति थियो । उनी राजा जनकका भाई कुशध्वजकी छोरी थिइन् ।

४. मथुरामा शत्रुघ्नका पुत्र सुवाहु र विदीशामा अर्का पुत्र शत्रुघातीको शासन थियो ।

५. श्रीरामको आदेशपछि शत्रुघ्नले मथुराका राजा लवासुरको वध गरेका थिए ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : २५ बजे

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार