च्याम्पियन्स लिग– लिभरपुल भर्सेस बार्सिलोना, आयाक्स भर्सेस टोटनह्याम « Khabarhub

च्याम्पियन्स लिग– लिभरपुल भर्सेस बार्सिलोना, आयाक्स भर्सेस टोटनह्याम


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –युईएफए च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । बिहीबार बिहान क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले एफसी पोर्टो र टोटनह्यामले म्यान्चेस्टर सिटीलेलाई पराजित गरेसँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

समिकरण अनुसार बुधबार सेमिफाइनल प्रवेश गरेको स्पेनीस महारथी बार्सिलोना र इंग्लिस क्लब लिभरपुल अर्को खेलमा टोटनह्याम र डच टोली अयाक्सले प्रतिस्पर्धा गर्नेछन् ।

बार्सिलोना र लिभरपुलबीचको सेमिफाइनलको पहिलो लेग अप्रिल ३० मा हुनेछ भने दोस्रो लेगको खेल मे ७ मा हुनेछ । यसअघिको उपविजेता टोली लिभरपुलसँगको बार्सिलोनाको खेललाई बिशेष महत्वका साथ हेरिएको छ ।

यसअघिको विजेता टोलीलाई घर फर्काएको आयाक्सले पनि आफ्नो उपस्थिती बलियो बनाइरहँदा टोटनह्याम र आयाक्सबीचको खेल पनि रोमाञ्चक हुनेछ ।

क्वाटरफाइनलको दोस्रो लेगमा बिहिबार बिहान लिभरपुलले पोर्टोमाथि ४—१ गोलको शानतदार जीत हात पार्दै सेमिफाइनल स्थान बनाएको थियो । अब सेमिफाइनलमा बार्सिलोनालाई रोक्दै पुन यो सिजनमा पनि फाइनल पुग्ने लिभरपुलका लागि बार्सिलोना बाधक बन्ला ? प्रिमियर लिगको शीर्ष टोली लिभरपुल आफ्नो लय कायम राख्ने लक्ष्यमा रहेको छ भने ला लिगाको शीर्ष टोली च्याम्पियन्स लिगमा आफुलाई बलियो देखाउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा टोटनह्यामलाई सिटीले ४—३ गोल अन्तरले पराजित गरेपनि ‘अवे’ गोलका आधारमा पपछि परेपछि सिटीको च्याम्पियन्स लिगको यात्रामा विराम लगाएको छ । यसअघि पहिलो लेगमा टोटनह्यामले सिटीको घरेलु मैदानमा उसलाई १—० ले पराजित गरेको थियो ।

को संघर्षपूर्ण जीत निकालेको टोटनह्याम आफ्नो लय कायम राख्दै च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । यस्तै, साविक विजेता टोली रियल मड्रिड र सिरी ‘ए’ को शीर्ष क्लब युभेन्ट्सलाई च्याम्पियन्स लिगबाट बिदा गरेको आयाक्स आफ्नो दबदबा च्याम्पियन्स लिगमा कायम गर्दैछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : ४१ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण