'विचार-राजनीति' र 'विधि-पद्धति'ले पार्टी चल्छ : अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

‘विचार-राजनीति’ र ‘विधि-पद्धति’ले पार्टी चल्छ : अध्यक्ष प्रचण्ड


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी चल्ने दुई वटा आधार भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-  ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार – राजनीति र दोस्रो विधि -पद्धति ।’

उनले यस विषयमा केही नखुलाएको भए पनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने आकलन गर्न सकिन्छ।

पछिल्ला केही हप्ता यता नेकपाभित्र अध्यक्षद्वयबीच  विवाद बढेको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।

अध्यक्ष प्रचण्डले ओलीमाथि ‘आरोप नै आरोप’ लगाउँदै सचिवालयमा प्रतवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले उक्त राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा जवाफसहित तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए ।

उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक आउँदो १३ गते सम्मका स्थगित गरिएको छ ।

ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै प्रचण्डको प्रतिवेदनले झुठा र निकृष्ट लाञ्छना लगाइएको भन्दै सहेर नबस्ने चेतावनीसमेत दिएका थिए।

प्रचण्डको पछिल्लो अभिव्यक्तिले  नेकपाका दुई अध्यक्षबीचको विवाद झनै बल्झिने देखिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ४१ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल