अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा र उनकी प्रेमिकालाई कोरोना संक्रमण « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा र उनकी प्रेमिकालाई कोरोना संक्रमण


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। उनका व्यक्तिगत प्रवक्ताले जेठो छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन्।

‘सङ्क्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सबै मापदण्ड तथा नियमको पालना गरेका छन्,’ ती प्रवक्ताले भनेका छन्। सङ्क्रमित पुष्टि भएसँगै उनी क्वारेन्टाइनमै रहेका प्रवक्ताले जानकारी दिएका छन्।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पूर्वसन्ध्यामा कोरोना सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यसमेत केही समय अगाडि संक्रमित भएका थिए।

अहिले ट्रम्प जुनियरकी महिला साथी किमबेर्ली गुइल्फोयलेमा पनि सङ्क्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन्। ट्रम्प जुनियर हालै २ सय ५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका थिए।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्रि भोजमा सहभागी कसैले पनि मास्क लगाएका थिएनन्।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : २१ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना