नेता पाण्डेमाथि भएको व्यवहारले कसैको हित गर्दैन : प्रवक्ता श्रेष्ठ | Khabarhub Khabarhub

नेता पाण्डेमाथि भएको व्यवहारले कसैको हित गर्दैन : प्रवक्ता श्रेष्ठ


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका कार्यकर्ताहरुबाट नेता सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको घटनाका विषयमा यसले कसैको हित नगर्ने बताएका छन्।

शनिबार चितवनमा नेकपाकै कार्यकर्ताहरुले दुर्व्यवहार गरेको विषयलाई लिएर उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले भनेका छन्, ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सना योग्य छ। यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस्।’

यसअघि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले वक्तव्य जारी गर्दै घटनाको भर्त्सना गरेका थिए।

शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा पार्टी नगर कमिटीको कार्यक्रममा नेता पाण्डेले मन्तव्य राखिरहँदा नेकपाका केही कार्यकर्ताहरुले नाराबाजी गर्दै दुर्व्यवहार गरेका थिए ।

नेता पाण्डेले मदन भण्डारी फाउण्डेशनले पार्टीमा गुटबन्दी गरेको भनेपछि उनीविरुद्ध नारावाजी शुरु भएको जनाइएको छ । कार्यक्रममा उपस्थित केही कार्यकर्ताहरुले मदन भण्डारी फाउण्डेशन जिन्दावाद, जबज जिन्दावाद,  केपी ओली जिन्दावाद जस्ता नारावाजी समेत गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : ४१ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन