ला लिगामा रियल सोसिडाडको संघर्षपूर्ण जित « Khabarhub

ला लिगामा रियल सोसिडाडको संघर्षपूर्ण जित


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सोसिडाडले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

काडिजको मैदानमा सोसिडाडलाई जित दिलाउन एलेक्जेन्डर इसाकले निर्णायक गोल गरे ।

खेलको ६६औँ मिनेटमा इसाकले निर्णायक गोल गरेका हुन् । काडिजविरुद्धको जितसँगै सोसिडाडले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

सोसिडाडले १० खेलमा २३ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको २० अंक जोडेको छ ।

काडिज १४ अंक जोडेर छैठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ०२ बजे

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले दियो स्वीकृति

एजेन्सी– अमेरिकाले रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन युक्रेनलाई २ अर्ब