उत्तर कोरियाली शासक किमका भतिजा सीआईएको नियन्त्रणमा « Khabarhub

उत्तर कोरियाली शासक किमका भतिजा सीआईएको नियन्त्रणमा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाली शासक किम जोङ उनका भतिजा किम हान सोललाई अमेरिकाको जासुसी एजेन्सी सीआईएको नियन्त्रणमा लिएको छ ।

बेलायती अखबार द सनका अनुसार किम हान सोललाई अमेरिकी जासुसी एजेन्सी सीआईएले आफ्नो सुरक्षा घेरामा राखेको हो ।

उनलाई के कति कारणले सीआइएले नियन्त्रणमा  लियो भन्ने केही खुलाइएको छैन । सीआईएले समेत यसबारे केही खुलाएको छैन ।

किम हान सोल किम जोंग उनका दाजु किम जोंग नामका छोरा हुन् । किम जोंग नामको २०१७ मा हत्या गरिएको थियो । किम जोंग नामको हत्या किम जोंग उनले नै गराएको विश्वास गरिन्छ ।

किम हान सोललाई उत्तर कोरियाको वास्तविक उत्तराधिकारी मानिन्छ । हान सोल यसअघिका उत्तर कोरियाली शासक (किम जोंग उनका पिता) किम जोंग इलका जेठा छोराका छोरा हुन् ।

उत्तर कोरियाको सरकारविरोधी भूमिगत आन्दोलनमा फ्रि जोसनले हान सोलका पिताको हत्या भएपछि उनी भागेका थिए ।

२०१७ मा किम जोंग नामको हत्यापछि हान सोलको मकाउस्थित घरको सुरक्षा गर्ने पुलिस गायब भएपछि हान सोलले फ्रि जोसनको सहयोग मागेको बताइन्छ ।

हान सोललाई त्यो घटनाको ३ महिनापछि एक युट्युब भिडियोमा देखिएको थियो । त्यसयता उनी बेपत्ता भएको बताइदै आएको छ ।

२५ वर्षका हान सोलले अत्यन्तै विलासी जीवन बिताउने गरेको विश्वास गरिन्छ । पिताको हत्यापछि हान सोल नेदरल्याण्डको एम्सटर्डममा शरण लिएर बसेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ०६ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग