अक्सफोर्डले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी भएको दाबी « Khabarhub

अक्सफोर्डले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी भएको दाबी


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको खोपले ७० प्रतिशत मानिसमा कोरोना भाइरसको लक्षण बन्न नदिने बताइएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको ठूलो संख्यामा गरिएको परीक्षणमा ७० प्रतिशत प्रभावकारी देखिएको बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

यसअघि फाइजर मोर्डनाले बनाएको खोपको प्रभावकारिता करिब ९५ प्रतिशत भएको बताइएको थियो । कोरोना भाइरसविरुद्धको प्रभावकारिता फाइजर र मोडर्नाले विकास गरिरहेको खोपको भन्दा कम भए पनि अक्सफोर्डले बनाएको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने र विश्वका जुनसुकै कुनामा पनि लैजान सकिने किसिमको भएको बीबीसीले उल्लेख गरेको छ ।

एस्ट्राजेनकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यो खोप सजिलै भण्डारण गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि सहज छ । यो सामान्य रेफ्रिजेरेटर (२ देखि ८ डिग्री सेल्सियस) तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।’

कम्पनीले प्रयोगको अनुमति पाएका सन् २०२१ सम्ममा ३ अर्ब डोज उत्पादन गर्ने बताएको छ ।

नियमनकारी निकायबाट प्रयोगको अनुमति पाएमा यसले कोरोना महामारी नियन्त्रणमा उल्लेख्य सहयोग पुऱ्याउने बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहरले लेखेका छन् ।

त्यस्तै अक्सफोर्डको खोपको सही डोज दिन सकिएमा यसको प्रभावकारिता ९० प्रतिशतसम्म पुग्न सक्ने पनि अनुसन्धानकर्मीले बताएका छन् ।

बेलायत सरकारले अक्सफोर्डले बनाइरहेको खोपको १० करोड डोज अर्डर गरिसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले खोपको प्रभावकारिताबारे भनेका छन्, ‘अक्सफोर्डको कोरोना खोप परीक्षणमा अत्यन्तै प्रभावकारी देखिएको छ । अविश्वसनीय रुपमा यो निकै नै खुसीको खबर हो ।’

प्रधानमन्त्री जोन्सनले खोपको सुरक्षा मापदण्डबारे अझै केही प्रक्रिया बाँकी भए पनि खोपको प्रभावकारिता राम्रो देखिनु खुसीको कुरा भएको बताएका छन् ।

अक्सफोर्डका अनुसन्धानकर्मीहरुले १० महिना लगाएर कोरोना खोप निर्माण गरेका हुन् । अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपको परीक्षणमा बेलायत र ब्राजिलमा गरी २० हजारभन्दा बढी सहभागी भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : ३० बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि