अक्सफोर्डले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी भएको दाबी « Khabarhub

अक्सफोर्डले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी भएको दाबी


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको खोपले ७० प्रतिशत मानिसमा कोरोना भाइरसको लक्षण बन्न नदिने बताइएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको ठूलो संख्यामा गरिएको परीक्षणमा ७० प्रतिशत प्रभावकारी देखिएको बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

यसअघि फाइजर मोर्डनाले बनाएको खोपको प्रभावकारिता करिब ९५ प्रतिशत भएको बताइएको थियो । कोरोना भाइरसविरुद्धको प्रभावकारिता फाइजर र मोडर्नाले विकास गरिरहेको खोपको भन्दा कम भए पनि अक्सफोर्डले बनाएको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने र विश्वका जुनसुकै कुनामा पनि लैजान सकिने किसिमको भएको बीबीसीले उल्लेख गरेको छ ।

एस्ट्राजेनकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यो खोप सजिलै भण्डारण गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि सहज छ । यो सामान्य रेफ्रिजेरेटर (२ देखि ८ डिग्री सेल्सियस) तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।’

कम्पनीले प्रयोगको अनुमति पाएका सन् २०२१ सम्ममा ३ अर्ब डोज उत्पादन गर्ने बताएको छ ।

नियमनकारी निकायबाट प्रयोगको अनुमति पाएमा यसले कोरोना महामारी नियन्त्रणमा उल्लेख्य सहयोग पुऱ्याउने बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहरले लेखेका छन् ।

त्यस्तै अक्सफोर्डको खोपको सही डोज दिन सकिएमा यसको प्रभावकारिता ९० प्रतिशतसम्म पुग्न सक्ने पनि अनुसन्धानकर्मीले बताएका छन् ।

बेलायत सरकारले अक्सफोर्डले बनाइरहेको खोपको १० करोड डोज अर्डर गरिसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले खोपको प्रभावकारिताबारे भनेका छन्, ‘अक्सफोर्डको कोरोना खोप परीक्षणमा अत्यन्तै प्रभावकारी देखिएको छ । अविश्वसनीय रुपमा यो निकै नै खुसीको खबर हो ।’

प्रधानमन्त्री जोन्सनले खोपको सुरक्षा मापदण्डबारे अझै केही प्रक्रिया बाँकी भए पनि खोपको प्रभावकारिता राम्रो देखिनु खुसीको कुरा भएको बताएका छन् ।

अक्सफोर्डका अनुसन्धानकर्मीहरुले १० महिना लगाएर कोरोना खोप निर्माण गरेका हुन् । अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपको परीक्षणमा बेलायत र ब्राजिलमा गरी २० हजारभन्दा बढी सहभागी भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना