सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउँछ : मन्त्री श्रेष्ठ « Khabarhub

सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउँछ : मन्त्री श्रेष्ठ


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बिहान झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् ।

निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले प्रतिष्ठानको हाताभित्र रहेका सुखानीका पाँच शहीदको शालिकमा श्रद्धाञ्जलि अर्पण गरे ।

उनले प्रतिष्ठानभित्र रहेको पर्यटकीयस्थल र कछुवा संरक्षण केन्द्रका बारेमा पनि जानकारी लिए । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदानी सदैव स्मरणीय भएको बताउँदै मन्त्री श्रेष्ठले सुखानी शहिद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउने आश्वासन दिएका छन् ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

विसं २०२९ को झापा विद्रोहका क्रममा पक्राउ परेका कम्युनिष्ट युवा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट कारागार सार्ने निहुँमा इलाम र झापाको सिमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो ।

सुखानीमा बलिदान दिएका शहीदका स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच शहीदको पूर्ण कदको शालिकसहितको प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानको निरीक्षणपछि मन्त्री श्रेष्ठले सरकारका तर्फबाट थप सहयोग जुट्ने आशा पलाएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : २९ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई