युट्युबमा नेपाली फिल्म हेर्ने दर्शक बढेका हुन् ? « Khabarhub

युट्युबमा नेपाली फिल्म हेर्ने दर्शक बढेका हुन् ?


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युट्युबमा नेपाली फिल्महरु हेर्ने दर्शकको संख्या पातलो थियो । चर्चित अभिनेताका फिल्मबाहेक अरु फिल्मलाई ट्रेन्डिङमा उक्लिन पनि गाह्रो हुन्थ्यो ।

गत चैतदेखि कोरोना भाइरस महामारीका कारण फिल्म हलमा कुनै पनि फिल्म रिलिज भएका छैनन् । डिजिटल प्लेटफर्ममा भने हलमा रिलिज भएका फिल्महरु रिलिज गरिएका छन् ।

केही समयअघि रिलिज भएको अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले युट्युबमा हप्तौंसम्म ट्रेन्डिङ नम्बर एकमा बस्न सफल भयो ।
पछिल्लो समय नेपाली फिल्मले युट्युबमा दर्शक तान्न सफल भएका छन् ।

यतिबेला नेपालमा युट्युब ट्रेन्डिङमा एकसाथ चार फिल्म छन् । चार दिनअघि रिलिज भएको फिल्म ‘प्रसाद’ ले नम्बर एक ट्रेन्डिङ ओगटेको छ । विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको फिल्ममा अन्तर्जातीय प्रेमकथालाई समेटिएको छ ।

फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ भने सुशील पौडेलको कथा छ । हलमा रिलिज हुँदा यो फिल्मले समीक्षात्मक हिसाबले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

यस्तै युट्युबको ट्रेन्डिङ नम्बर ६ मा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी लगायतको अभिनय रहेको फिल्म ‘कुम्भकरण’ छ । फिल्मलाई युट्युब दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।

मेनुका प्रधान, दयाहाङ राई र गौरव पहारीको शीर्ष भूमिका रहेको फिल्म ‘साइँली’ पनि युट्युबमा रुचाइएको छ । रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मलाई पनि दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।

फिल्म हलमा कुनै फिल्म रिलिज नभइरहेका बेला दर्शकहरु युट्युबमा नेपाली फिल्मप्रति आकर्षित बनेका छन् । मेकरले दर्शक नेपाली फिल्मप्रति आकर्षित भएको टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  २ : १६ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई