आईसीसी ‘एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा पूर्वकप्तान खड्का « Khabarhub

आईसीसी ‘एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा पूर्वकप्तान खड्का


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् ।

मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरन अटाएका छन् ।

सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका थिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।

२८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् ।

आईसीसीले अवार्डका लागि भोटिङ खुल्ला गरिसकेको छ । आईसीसीको वेबसाइटमार्फत अवार्डको मनोनितमा परेकाहरुलाई भोट गर्न सकिने छ ।

आइसीसीले भोटमार्फत मनोनित छ जनाबाट दशकको उत्कृष्ट क्रिकेट खेलाडी छनोट गर्नेछ ।

उनको मनोनयनसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिने र उनका समर्थकले भोटका लागि अनुरोध गरिरहेका छन् ।

क्रिकेट टोलीका खेलाडीदेखि नेपाली क्रिकेट समर्थकले भोट गरेका तस्बीरहरु सार्वजनिक गरिरहेका छन् ।

खड्काको योगदानबारे कप्तान ज्ञानेन्द्र मल्लसँग गरिएको कुराकानी 

नेपाली क्रिकेटमा पारस खड्काको योगदान सबैले बुझेकै छन् । पारस नाम नै कति ठूलो हो भन्ने यो मनोनयनले चिनाएको छ । यो मनोनयन नै ठूलो हो र मनोनयन मात्रै होइन पारसले जित्नु पनि पर्छ ।

उनले नेपाली क्रिकेटमा गरेको योगदानका लागि यो अवार्ड जित्नै पर्छ । पारसका बारेमा जति प्रशंसा गरे पनि पुग्दैन । खेलाडी र कप्तानका रुपमा उनी सफल रहे ।

हामीले मैदानमा राम्रो गरिरहँदा अरुले पनि राम्रो काम गर्नुपर्छ भन्दा क्यानमा टसल पनि भयो ।

क्यान अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहँदा मैदानमा राम्रो नतिजा ल्याउन पारसले सही नेतृत्व गरे । जुन उनको सबल पक्ष हो ।

खेलाडी, कप्तानमात्रै होइन, व्यक्तित्वका रुपमा पनि पारस मिलनसार, असल मित्र पनि हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : १४ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य