बीबीसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना « Khabarhub

बीबीसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

बीबीसीले सन् २०२० का लागि छनोट गरेका संसारभरका महिलाहरुको सूचीमा मगरलाई समावेश गरेको हो ।

उनले बेवारिसे शवको अन्तिम संस्कार गर्दै आएकी थिइन् । उनी सडक, गल्ली र अस्पतालका वेबारिसे शवको अन्तिम संस्कार गर्ने विनयजङ्ग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा काम गर्छिन् ।

बीबीसीसँगको कुराकानीमा सपना भन्छिन्, ‘संसारभर बेघर र छाडिएका मान्छे छन्, उनीहरु सडकमै मर्छन्, उनीहरुसँग पनि उचित अन्तिम संस्कारको अधिकार छ, म समाजसेवाका लागि मात्र नभएर आफ्नो खुशीका लागि पनि यो काम गर्छु ।’

सपनाले बेवारिसे शवलाई अस्पतालमा पुर्‍याई पोस्टमार्टम गरेर दाहसंस्कार गर्ने कार्यमा सहभागी हुन्छिन् । यसअघि नेपाली मिडियाले उनको कार्यलाई साहसिक मान्दै समाचार तयार पारेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ४६ बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर