चामे-बेँसीसहर सडक अवरुद्ध « Khabarhub

चामे-बेँसीसहर सडक अवरुद्ध


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ । 

नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले आज दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि  नसकिएको जानकारी दिए । 

‘माथिबाट चट्टानबीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायतका सुरक्षाकर्मीको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौँ’, उनले भने ।  

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले चााडोभन्दा चाँडो सडक सञ्चालनमा ल्याउन आवश्यक भएको बताउनुभयो । यसबाट पर्यटक बढी प्रभावित बनेका उनले बताए । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली लागिपरेको छ । 

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको बताए । अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उनले बताए ।

मर्स्याङ्दी करिडोरअन्तर्गतको  सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भासिने तथा पहिराको जोखिम बढ्ने गरेको छ ।  

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ७ : १५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य