माइतीघरदेखि तीनकुनेसम्मका ५१ साइनबोर्ड महानरपालिकाले हटायो « Khabarhub

माइतीघरदेखि तीनकुनेसम्मका ५१ साइनबोर्ड महानरपालिकाले हटायो


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका ५१ वटा विज्ञापन बोर्ड हटाई दिएको छ ।

ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्धनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरले ती विज्ञापन बोर्ड हटाइ दिएको हो ।

माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने जिम्मेवारी कृषि विकास बैंङ्कले लिएको थियो । मण्डला क्षेत्रको व्यवस्थापन बैङ्कलाई दिने बिषयमा महानगरले गएको मंसिर ८ गते नै निर्णय गरेको थियो ।

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमले गर्दै आएको थियो । गत चैत ४ मा माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौतापत्रमा महानगरकातर्फबाट तत्कालिन सहसचिव राजेश्वर ज्ञवाली र बैंक तर्फबाट कायममुकायम उपमहाप्रबन्धक ध्रुवचन्द्र गौत्तमले हस्ताक्षर गरेका थिए ।

बैङ्कले महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्व पूरा गर्ने बताएको थियो ।

No description available.

सम्झौताबमोजिम भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ उल्लेख गरिएको थियो ।

५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने उल्लेख गरिएको थियो ।

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सम्झौता भएको थियो । तर, दुबै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाले जानकारी दिएको छ ।

सम्झौता अनुसार व्यवस्थापन र मर्मत सम्हारमा ध्यान नदिने तर बिज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको महानपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

‘‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि महानगरपालिकाले माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिसकेको छ । उहाँहरुले चासो नदेखाएपछि महानगरपालिका आफैले माइतीघर मण्डलालाई व्यवस्थित र आकर्षक बनाउने कार्यक्रम अघि बढाएको हो,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमशः यस्ता बत्ती जडान गर्दै जाने योजनामा रहेका छौँ ।’

नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि ठाउँ लिएर बिज्ञापन गर्ने तर आवश्यकता अनुसारको काम नगर्ने प्रवृत्ति हावी भएको भन्दै महानगरको मापदण्ड विपरीत राखिएका ती बोर्ड हटाएको जानकारी दिए ।

‘सम्झौता अनुसार काम अघि नबढेपछि माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा राखिएका ५१ वटा साइनबोर्ड नगरप्रहरीको सक्रियतामा क्रेन लगाएर हटाएको हो,’ नगरप्रहरी प्रमुख सापकोटाले भने, ‘काठमाडौँ महानगरपालिकासँग सम्झौतामा उल्लेख भएर अनुसार कार्य नगर्ने तर विभिन्न व्यापारिक प्रतिष्ठानले आफ्ना वस्तुहरूको प्रचार मात्रै गर्ने उद्देश्यले बिजुलीका पोल र आइल्याण्डमा राखेका साइनबोर्ड हटाई दिएका हौँ ।’

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १० : १८ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको