एउटा आलुको मुल्य १२ करोड ! « Khabarhub

एउटा आलुको मुल्य १२ करोड !


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटा आलुको मुल्य १२ करोड भन्ने सुन्दा पनि पत्याउनै नसकीने तर एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् ।

केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् ।

उक्त फोटो २०१० मा खिचिएको थियो । त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ । आलूको प्रिन्टको तीन भर्सन रहेको छ ।

आलुको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्को फोटो भने उनले सर्भियाको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबोशले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामसँग उनले व्यापारीसँगै बसेर दुई ग्लास वाइन पिएको पनि बताएका छन् । वाइन पिउँदाको समयमै व्यापारीले आफ्नो पेन्टिङ मन पराए पछि पेन्टिङ बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामलाई केबिन एबोसले बताएका हुन्। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५६ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित