नवजात शिशुको स्याहार कसरी गर्ने ? « Khabarhub

नवजात शिशुको स्याहार कसरी गर्ने ?


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जन्मेदेखि २८ दिनसम्मका शिशुलाई नवजात शिशु भनिन्छ । शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको सुनौलो मिनेट मानिन्छ । यस्तै पहिलो घन्टा पनि शिशु र सुत्केरी आमाको लागि महत्वपूर्ण हुन्छ । त्यसैले शिशु जन्मेको पहिलो घन्टाभित्र शिशु र आमालाई गरिने स्याहार शिशुको बाँच्ने सम्भावना र स्वास्थ्य जीवनका मुख्य आधार हुन् ।

अत्यावश्यक स्याहारको अभावमा वर्षेनि हजारौं शिशुको मृत्यु भइरहेको हुन्छ । स्वास्थ्य सर्वेक्षणको तथ्यांकको अनुसार नेपामा १ हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुन्छ । मृत्यु भएका नवजात शिशुमध्ये धेरै शिशुको मृत्यु जन्मिएको २४ घण्टाभित्रमा हुन्छ ।

नवजात शिशुको मृत्युको कारण

–संक्रमण हुनु,

–अवधि नपुगी जन्म हुनु,

–जन्मदा कम तौलको हुनु,

–जन्मदा स्वास नफेर्नु वा नरुनु,

–जन्मजात विकृति वा अन्य कारणले जवजात शिशुको मृत्यु भइरहेको हुन्छ ।

नवजात शिशुलाई संक्रमणबाट बचाँउन दक्ष प्रसूतिकर्मीको हसयोगमा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनु पर्छ । जन्मिनेवित्तिकै शिशुको विषेश स्याहार गर्न सकेमा उनीहरुलाई मृत्युको जोखिमबाट जोगाउन सकिन्छ ।

नवजात शिशुको स्याहार कसरी गर्ने ?

–नवजात शिशुलाई जन्मनसाथ नरम, सफा र सुख्खा कपडाले बेरी न्याया पारेर राख्नुपर्छ,

–नवजात शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर न्यानो पारी राख्नुपछ,

–शिशु जन्मिएको एक घण्टाभित्रै आमाको विगौती दूध खुवाउनुपर्छ,

–शिशुको नाभि काटिसकेपछि संक्रमणबाट बचाउन नाभि मलम लगाई नाभिलाई सफा र सुख्खा राख्नुपर्छ,

–नवजात शिशुलाई शिताङ्ग हुनबाट बचाउन जन्मेको २४ घण्टासम्म नुहाइदिनु हुँदैन ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  २ : ५१ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको