५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट « Khabarhub

५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ ।

चितवन प्रहरीले राप्ती नगरपालिका–११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोलालगायतका स्थानमा लगाएको अवैध गाँजा नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार ५० बिघामा लगाइएको करिब ३६ लाख गाँजाको बोट नष्ट गरिएको छ । ती वडाका बस्तीमा स्थानीयवासीसँग जनचेतनामूलक अन्तक्र्रियासमेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताए ।

वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान

चितवनको इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालय भवन बनाउन स्थानीयवासीले जग्गादान गरेका छन् । स्थानीय तोपबहादुर बुढाथोकीले वडा कार्यालय भवन बनाउन एक कठ्ठा जग्गादान गरेका हुन् ।

उनले मङ्गलबार एक कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत स्थानीयवासीको रोहवरमा निःशुल्क जग्गा उपलब्ध गराएको घोषणा गरेका हुन् ।

उक्त दान गरिएको जग्गा सम्बन्धमा गाउँपालिका र बुढाथोकीबीच मङ्गलबार नै एक सम्झौतासमेत भएको वडाध्यक्ष चेपाङले जानकारी दिए ।

वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएसँगै अब कार्यालय भवन निर्माणको प्रक्रिया छिट्टै शुरु गरिने उनले बताए। यस्तै जग्गा उपलब्ध गराउने दाता बुढाथोकीलाई गाउँपालिका अध्यक्ष गुरुङ, वडाध्यक्ष चेपाङलगायत स्थानीयवासीले सम्मानसमेत गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ३३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा