मलेसियामा गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ पक्राउ | Khabarhub Khabarhub

मलेसियामा गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ पक्राउ



काजाङ– मलेसियाको अध्यागमन विभागले गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ जनालाई पक्राउ गरेको छ ।

मलेसियाको काजाङस्थित एक अपार्टमेन्टमा त्यहाँको अध्यागमन विभागले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो । आवासीय अनुमति सकिएर गैरकानुनी रुपमा बसेकाहरुलाई नियन्त्रणमा लिईएको विभागले जनाएको छ ।

इन्डोनेसियाका ६५ म्यानमारका ५९ नेपाली ९ जना र अन्य देशको ८ जनालाई पक्राउ गरिएको अध्यागमन विभागका उप महानिदेशक मोहम्मद फौजी मोद ईसाले बताए । उनीहरुलाई अहिले डिटेन्सन सेन्टरमा राखिएको विभागले जनाएको छ। उनीहरुको परिचय भने खुलाईएको छैन ।

मलेसियामा गैरकानुनी आप्रवासीहरूलाई काममा लगाउने ३७६ रोजगारदाता कम्पनीलाई पनि कारबाही गरिएको फौजीलाई उदृत गर्दै त्यहाँबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ । गैरकानुनी आप्रवासी सम्बन्धी सूचना भएकाहरूलाई पनि सकेसम्म चाँडो विभागमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ५८ बजे

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो