नेपालबाट भारततर्फ डिजेल तस्करी « Khabarhub

नेपालबाट भारततर्फ डिजेल तस्करी


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी हुन थालेको पाइएको छ ।

विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेको खुलेको हो ।

नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो । हिजोआज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ ।

नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ८७ मा बिक्री भइरहेको छ । भारतीय बजारको तुलनामा नेपालमा डिजेल प्रतिलिटर रु १० सस्तो पर्छ । एउटा मोटरसाइकलमा चार वटासम्म ग्यालनमा डिजेल खरिद गरेर लुकिछिपी भारतीय बजारमा बेच्ने गरेको सूचना प्राप्त गरेपछि चोरी निकासी हुने स्थानमा प्रहरीले कडाइ गर्न थालेको छ

सोही सन्दर्भमा मोरङ प्रहरीले आज बिहान विराटनगर महानगरपालिका–११ स्थित केशलिया नहर छेउमा ४३० लिटर डिजेल बरामद गरेको छ । भन्सार छलेर डिजेल नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला सुनसरी हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय शत्रुधन साह, सोही ठाउँका ३० वर्षीया नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई तीन वटा मोटरसाइकलसहित पक्राउ गरेको छ । रासस

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५१ बजे

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

कञ्चनपुर– सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू

चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित