कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी « Khabarhub

कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ ।

कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ ।

देशमा बसोबास गर्न चाहने अवैध समयावधिले डिसेम्बर १ देखि ३१ सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।

जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ ।

आफूलाई कानुनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अझै पनि करिव १ लाख ५० हजार आप्रवासी गैरकानूनी रुपमा बसेको अनुमान गरिएको छ ।

केही महिना पहिलो पनि कुवेतले गैरकानूनी रुपमा बसेकाहरुलाई बिना जरिवाना नि: शुल्क हवाई टिकट उपलब्ध गराई ३० हजार जनालाई फिर्ता पठाएको थियो । जसमा ३ हजारको हाराहारीमा नेपाली पनि स्वदेश फर्किएका थिए ।

अस्थायी बसेबास गरेका प्रवासीहरुको भिसाको म्याद नोभेम्बर ३० सम्म बढाइएको मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

उनीहरुलाई पनि रेसिडेन्सी प्राप्त गरेर देशमै बसोबास गर्न वा नोभेम्बर ३० भन्दा पहिले मुलुक छोड्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ९ : ०७ बजे

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना