कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी | Khabarhub Khabarhub

कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ ।

कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ ।

देशमा बसोबास गर्न चाहने अवैध समयावधिले डिसेम्बर १ देखि ३१ सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।

जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ ।

आफूलाई कानुनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अझै पनि करिव १ लाख ५० हजार आप्रवासी गैरकानूनी रुपमा बसेको अनुमान गरिएको छ ।

केही महिना पहिलो पनि कुवेतले गैरकानूनी रुपमा बसेकाहरुलाई बिना जरिवाना नि: शुल्क हवाई टिकट उपलब्ध गराई ३० हजार जनालाई फिर्ता पठाएको थियो । जसमा ३ हजारको हाराहारीमा नेपाली पनि स्वदेश फर्किएका थिए ।

अस्थायी बसेबास गरेका प्रवासीहरुको भिसाको म्याद नोभेम्बर ३० सम्म बढाइएको मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

उनीहरुलाई पनि रेसिडेन्सी प्राप्त गरेर देशमै बसोबास गर्न वा नोभेम्बर ३० भन्दा पहिले मुलुक छोड्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ९ : ०७ बजे

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू

सुदूरपश्चिम– यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा