चार दिनदेखि थुनामा रहेका पत्रकार गिरी रिहा « Khabarhub

चार दिनदेखि थुनामा रहेका पत्रकार गिरी रिहा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाचार लेखेकै भरका पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी चार दिनपछि रिहा भएका छन् ।

ठगी सम्बन्धी पीडितहरुको उजुरीमा आधारित सीआईबीको थुनामा रहेका गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् ।

पत्रकार गिरीको रिहाइका निमित्त प्रेस काउन्सिलको तर्फबाट पूर्व अध्यक्ष बोर्णबहादुर कार्की ,काउन्सिलका अधिकृत मानबहादुर लामिछाने र पत्रकार महासँघको तर्फबाट स्वागत नेपालले बहस गरेका थिए ।

तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ४ : ३८ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक